चितवन । चितवनको ईच्छाकामना गाँउपालिका ५ ३ नम्बर पुलमा शुक्रबार ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौडा १६ का ३२ वर्षिय बिजय रुम्बा रहेका छन् । उनको उपचारको क्रममा बिहान सवा ८ बजे जिल्ला अस्पताल भरतपुरमा मृत्यु भएको हो ।
शुक्रबार बिहान साढे ६ बजे ना ८ ख ५२०० नम्बरको सिमेन्ट घोल्ने ट्रक ३ नम्बर पुलबाट खसेको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।