Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शसस्त्र प्रहरीको एसएलआर खोस्न खोज्दा एक भारतीयको मृत्यु, ५ जना घाइते

शसस्त्र प्रहरीको एसएलआर खोस्न खोज्दा एक भारतीयको मृत्यु, ५ जना घाइते

दैनिकी न्यूज

३०, जेठ २०७७
शसस्त्र प्रहरीको एसएलआर खोस्न खोज्दा एक भारतीयको मृत्यु, ५ जना घाइते
images

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका ३ मा जबर्जस्ती नेपाल प्रवेश गरेर प्रहरीको हतियार खोज्न खोज्ने भारतीय समूह र प्हरीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ, मृतकको नाम, ठेगाना खुलेको छैन। यसको जिल्ला प्रशासन कार्यालय सर्लाहीले भने पुष्टि गरिसकेको छैन ।

झडपमा परी ५ भारतीय घाइते भएका छन् ।
शुक्रबार बिहान करिब नौ बजे नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरीले जनाएको छ। त्यस क्रममा पाँच जना भारतीयलाई गोली लागेको हो ।


पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट उनहिरु जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको हो। त्यस क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १३:१४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology