Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्री भन्छन् भूमि फिर्ता ल्याउन अब भारतसँग वार्ता

प्रधानमन्त्री भन्छन् भूमि फिर्ता ल्याउन अब भारतसँग वार्ता

दैनिकी न्यूज

३१, जेठ २०७७
प्रधानमन्त्री भन्छन् भूमि फिर्ता ल्याउन अब भारतसँग वार्ता
images


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा भएको उल्लेख गरेका हुन्।

आगामी प्रक्रिया के हुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ।’ रासस

images
प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - १९:०९:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology