काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू(भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल प्रदेश १ र सुदुरपश्चिम प्रदेशका तराई भू–भाग तथा देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने महाशाखाले जनाएको छ ।
आज दिउँसोको सयमा प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित वर्षाको संभावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै रातीको समयमा सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।