Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन् संविधान संशोधनमा मतदान नगर्ने सांसद

यी हुन् संविधान संशोधनमा मतदान नगर्ने सांसद

दैनिकी न्यूज

३२, जेठ २०७७
यी हुन् संविधान संशोधनमा मतदान नगर्ने सांसद
images

काठमाडौँ । प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

२ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद भने अनुपस्थित रहेका थिए । ४ जना सांसद भने निलम्बनमा छन् । सभामुखले विधेयकमाथिको मतदानमा सहभागिता जनाउँदैनन् ।

विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिता गिरी र ज्ञानकुमारी छन्त्याल रहेको संसद सचिवायलयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

सरिता गिरीबाहेकका सांसद आजको बैठकमा अनुपस्थित थिए । सांसद गिरीले भने बैठक बहिष्कार गरेकी थिइन् ।

अनुपस्थित रहेका सांसदहरूमा सत्तारुढ नेकपाका सबैभन्दा धेरै छन् । हरिबोल गजुरेल, शिवकुमार मण्डल, धनबहादुर बुढा र गोपालबहादुर बम रहेका छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरू नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल अनुपस्थि रहे । ‍राजपाका प्रमोद साह, अमृतादेवी अग्रहरी र दुलारीदेवी खत्वेनी अनुपस्थित रहँदा समाजवादीका सांसद सूर्यनारायण यादव अनुपस्थित रहे भने सरिता गिरीले संसद बैठक बहिष्कार गरिन् । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि गिरीले ह्वीप उलंघन गरेकी हुन् ।

सांसदहरू हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार निलम्बित छन् । कान्तिपुर दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - ०४:२८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology