काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँ तोकेको छ ।
करिब साढे २ महिनापछि महासंघले गतआइतबारदेखि दैनिक नयाँ मूल्य सार्वजानिक गर्न थालेको थियो ।
शुक्रबार पनि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार चाँदीको भाउ पनि स्थिर रहेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला ९ सय ३५ रुपैयाँमा खरिद बिक्री भएकोमा आज आइतबार पनि चाँदी प्रति तोला ९ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
