काठमाडौं । प्रहरीलेकाठमाडौं र झापामा जुवा खेलीरहेको अवस्थामा १६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका–१४ रविभवनस्थित श्याम श्रेष्ठको घरमा तास खेलिरहेका ९ जनालाई नगद १ लाख रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु काभ्रे रोशी गाउँपालिका–५ घर भएकी ४५ वर्षीया कान्छी लामा, धनुषा जनकपुर घर भएकी ३४ वर्षीया अनिता कुशवाहा, काठमाडौं महानगरपालिका–२६ लैनचौर घर भएकी ३७ वर्षीया सर्मिला मसाल श्रेष्ठ, धादिङ थाक्रे गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३४ वर्षीय राजु भुजेल, धादिङ थाक्रे गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने ४२ वर्षीय आस्मान लामा, गोरखाको गोरखा नगरपालिका–१३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ, काभ्रे नवबुद्ध नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१४ लाम्पाटी बस्ने ५५ वर्षीय धन बहादुर तामाङ, काभ्रे बनेपा नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३८ वर्षीय यज्ञ कुमार श्रेष्ठ र रामेछाप सुनापती गाउँपालिका–४ घर भई हाल ललितपुर ईमाडोल बस्ने ३६ वर्षीय दिपक थापा रहेका छन् ।
झापा, कनकाई नगरपालिका–३ टप्पु टोलस्थित चेतन कुमार प्रसाईको घरमा जुवा (कौडा) खेलिरहेका ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका(३ बस्नेहरु ५३ वर्षीय विष्णु प्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ सुरज चुडाल, ४० वर्षीय हरि खरेल तथा ३१ वर्षीय ओमप्रकाश चापागाई, सोही नगरपालिका–४ बस्नेहरु ३८ वर्षीय मान बहादुर श्रेष्ठ र ३५ वर्षीय हरि बहादुर श्रेष्ठ रहेका छन् । उक्त घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद ७१ हजार १० रुपैयाँ र कौडा १६ थान लागायतका सामान सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।