Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

दैनिकी न्यूज

३२, जेठ २०७७
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
images

काठमाडौं, । रुकुम (पूर्व), रौतहट, कैलाली र सिरहामा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यू भएको छ ।

रुकुम (पूर्व), सिस्ने गाउँपालिका–३ पोखरामा रा १ ख १४४५ नम्बरको टिपरले सोही टिपरका सहचालक रोल्पा घर भएका १९ वर्षीय चन्द्र बहादुर विकलाई ठक्कर दिँदा शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, मौलापुर नगरपालिका–२ स्थित सडकमा ना. ५ त ६६६८ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा सोही ठाउँ बस्ने कामेश्वर यादवको छोरा ९ वर्षीय पवन कुमार यादवको ट्याक्टरबाट खसेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने २५ वर्षीय बैजु राय यादवले उक्त ट्याक्टर चलाई खेत जोत्ने क्रममा ट्याक्टर चढ्ने क्रममा पवन कुमारको खसेर मृत्यु भएको बताइएको छ । ट्याक्टर चालक हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली, कैलाली गाउँपालिका–७ हुलाकी राजमार्गमा ग।७ प ७८३ नम्बरको मोटरसाइकलले एक साइकललाई शनिबार साँझ ठक्कर दिँदा साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय लाहुराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लाहुरामको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मध्यम घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय अमित चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिरहा, लहान नगरपालिका–१९ छर्रापट्टिस्थित सडकमा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री मो।जाकिरको छोरा ८ वर्षीय मो।हसनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका हसनलाई लहानस्थित सप्तऋषि अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय शिवानन्द यादवको सप्तऋषि अस्तपतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १४:२६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology