Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यका प्रवेशमा कडाइ, नयाँ पास बन्द

उपत्यका प्रवेशमा कडाइ, नयाँ पास बन्द

दैनिकी न्यूज

३२, जेठ २०७७
उपत्यका प्रवेशमा कडाइ, नयाँ पास बन्द
images

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ पास बन्द गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै काठमाडौं जिल्लाभरि पास बन्द गराएको जानकारी दिएको हो ।

जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै काठमाडौँमा बसोबास गर्ने र जिल्ला बाहिर रहेका मानिसलाई समेत ल्याउन व्यवस्था मिलाएको ्जानकारी दिएको छ । त्यसको लागि काठमाडौँको कुन नगरपालिकामा बस्ने हो त्यही नगरपालिकाले आउनुपर्ने जिल्लाको जानकारी सहित प्रवेशको अनुमति निवेदन कार्यालयमा दिनुपर्ने छ ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराउने जानकारी गराएको छ । काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ ।

sawari-pass.jpg

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १४:४२:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology