Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

उपत्यका प्रवेशमा कडाइ, नयाँ पास बन्द

उपत्यका प्रवेशमा कडाइ, नयाँ पास बन्द

दैनिकी न्यूज

३२, जेठ २०७७
उपत्यका प्रवेशमा कडाइ, नयाँ पास बन्द
images

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ पास बन्द गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै काठमाडौं जिल्लाभरि पास बन्द गराएको जानकारी दिएको हो ।

जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै काठमाडौँमा बसोबास गर्ने र जिल्ला बाहिर रहेका मानिसलाई समेत ल्याउन व्यवस्था मिलाएको ्जानकारी दिएको छ । त्यसको लागि काठमाडौँको कुन नगरपालिकामा बस्ने हो त्यही नगरपालिकाले आउनुपर्ने जिल्लाको जानकारी सहित प्रवेशको अनुमति निवेदन कार्यालयमा दिनुपर्ने छ ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराउने जानकारी गराएको छ । काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ ।

sawari-pass.jpg

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १४:४२:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology