नवलपरासी । गाडी दुर्घटनामा परी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधन भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको गाउँपालिकाको स्कार्पियो गाडी खोलामा खसेर गम्भीर घाइते भएका अध्यक्ष शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी बैठक सकेर गाउँपालिका फर्किने क्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका वडा नं. ४ स्थित लक्ष्मीनगर पुलमा गाडी ठोकिएर खोलामा झरेपछि उनी गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।