Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१, आषाढ २०७७
गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
images

धनुषा । सबैला नगरपालिका–७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ २७ गते राति सोही ठाउँस्थति हनुमान राप्रवि लबटोलीको पोखरीको डिलमा गोली प्रहार गरी हत्या भएको अवस्थामा अरुणको शव फेला परेको थियो । सोही घटनाको अनुसन्धानका लागि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल संयुक्त रुपमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा श्रवणले गोली प्रहार गरेको खुल्न आएको थियो । घटनापछि तत्काल फरार उनलाई खोजी गर्ने क्रममा महोत्तरीको भिढामोड नाकामा फेला पारी पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - २०:५२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology