Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जना पक्राउ

बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जना पक्राउ

दैनिकी न्यूज

२, आषाढ २०७७
बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जना पक्राउ
images

ओखलढुंगा । बालविवाह गरेको आरोपमा बेहुलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया किशोरीको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो । उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन् ।

पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा रहेका छन् । गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

शेर्पा परिवारका उनीहरुबीच यसअघि केटा र केटीले भागी विवाह गरेको र केही समयअघि मात्रै परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएका थिए । पक्राउ परेका उनीहरुलाई बालविवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १२:४०:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology