Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

लगातारको झरीले कान्तिलोक पथ सडक अवरुद्ध

लगातारको झरीले कान्तिलोक पथ सडक अवरुद्ध

दैनिकी न्यूज

२, आषाढ २०७७
लगातारको झरीले कान्तिलोक पथ सडक अवरुद्ध
images

ललितपुर । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वाग्मती गाउँपालिका ३ नयाँगाउँ र पाङदुरडोलमा पहिरो जाँदा सडक अवरुद्ध भएको महनगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

अवरुद्ध सडकको पहिरो पन्छाउने कार्य जारी उनले बताए ।डिएसपी ओझाका अनुसार  नयाँगाउँ–भालुखोला खण्डमा पहिरोको उच्च जोखिम छ । उक्त सडक खण्डमा सानो पानी परे पनि पहिरो जान्छ ।

सडकको लम्बाइ हेटौंडाको बुद्ध चोकदेखि सातदोबाटोसम्म ९० किमि छ । योजनाअन्तर्गत टीकाभैरव–सातदोबाटो ११ किमिबाहेक ७९ किमि छ । जसको ललितपुर र मकवानपुर खण्डअन्तर्गत २८ र ५१ किमि छ । वि.सं. २०१३ मा सुरु भएको आयोजनाको ट्र्याक २०१६ मा खोलिएको थियो । सडकको चौडाइ ९ मिटर छ । तीनपाने, भालुखोला, नयाँगाउँ, छपेली, काल्चेभी, सिमात, मकवानपुरगढीलगायतका स्थानमा जोखिम छ ।

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १३:११:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology