Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

लगातारको झरीले कान्तिलोक पथ सडक अवरुद्ध

लगातारको झरीले कान्तिलोक पथ सडक अवरुद्ध

दैनिकी न्यूज

२, आषाढ २०७७
लगातारको झरीले कान्तिलोक पथ सडक अवरुद्ध
images

ललितपुर । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वाग्मती गाउँपालिका ३ नयाँगाउँ र पाङदुरडोलमा पहिरो जाँदा सडक अवरुद्ध भएको महनगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

अवरुद्ध सडकको पहिरो पन्छाउने कार्य जारी उनले बताए ।डिएसपी ओझाका अनुसार  नयाँगाउँ–भालुखोला खण्डमा पहिरोको उच्च जोखिम छ । उक्त सडक खण्डमा सानो पानी परे पनि पहिरो जान्छ ।

सडकको लम्बाइ हेटौंडाको बुद्ध चोकदेखि सातदोबाटोसम्म ९० किमि छ । योजनाअन्तर्गत टीकाभैरव–सातदोबाटो ११ किमिबाहेक ७९ किमि छ । जसको ललितपुर र मकवानपुर खण्डअन्तर्गत २८ र ५१ किमि छ । वि.सं. २०१३ मा सुरु भएको आयोजनाको ट्र्याक २०१६ मा खोलिएको थियो । सडकको चौडाइ ९ मिटर छ । तीनपाने, भालुखोला, नयाँगाउँ, छपेली, काल्चेभी, सिमात, मकवानपुरगढीलगायतका स्थानमा जोखिम छ ।

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १३:११:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology