Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोनाबाट थप एक जनाको मृत्यु

दैनिकी न्यूज

३, आषाढ २०७७
कोरोनाबाट थप एक जनाको मृत्यु
images

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जनाएका छन्। यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन्।

गत जेठ ३० गते नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर भर्ना भएकी ती महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।

दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरीएकी महिलाको सोही दिन स्वाब संकलन गरिएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ति महिलाको ज्यान भएको हो ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक/एक जनाको मृत्यु भएको छ। गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - ०८:१३:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology