Logo

आइतवार, श्रावण २४ गते २०८३

images

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा २८ जना जुवाडे पक्राउ

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा २८ जना जुवाडे पक्राउ

दैनिकी न्यूज

३, आषाढ २०७७
छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा २८ जना जुवाडे पक्राउ
images

काठमाडौं । प्रहरीले काठमाडौं र चितवनबाट जुवातास खेलीरहेको अवस्थामा २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका वडा नं.११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका–७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका–६ चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३८ वर्षीय राम खड्का लगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

चितवन, खैरहनी नगरपालिका–४ कुनाघारी बस्ने ३१ वर्षीय गुड बहादुर गुरुङको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३५ वर्षीय ईन्द्र जंग थापा लगायत ६ जनालाई नगद ३३ हजार ९ सय ३० रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - १३:०६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology