Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अर्घाखाँचीमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

अर्घाखाँचीमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

दैनिकी न्यूज

३, आषाढ २०७७
अर्घाखाँचीमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ
images

अर्घाखाँची । यहाँ आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो । गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा एकै दिन ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । यससँंगै जिल्लामा कोरोना सङ्क्रमित ११० पुगेका छन् । कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ ।

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण
चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा कार्यरत एक प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा ३१ वर्षीय जवानमा कोरोना पोजेटिभ देखिएपछि उनलाई खरेन्द्रपुरमा रहेको आइसोलेशन सेन्टरमा राखिएको शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले बताए ।

आज कपिलवस्तुमा थप १० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको शिवराज नगरपालिकामा १९ वर्षदेखि ४५ वर्षसम्मका चार, वाणगङ्गा नगरपालिकाका एकएक महिला र पुरुष, बुद्धभूमि नगरपालिकामा १९ देखि ३० वर्ष उमेरसम्मका चार जनामा कोरोना पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा ६५७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रासस

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - २०:३५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology