धनगढी । कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालको आईसियूमा राखेर उपचार गराइरहेका उनको बुधबार साँझ मृत्यु भएको हो। कोरोनाबाट संक्रमण भएर मृत्यु भएकोले उनको शव व्यवस्थापन विहीबारमात्र गरिने अस्पताल प्रशासनले जनाएको छ ।
सुदूरपश्चिममा मृत्यु हुनेको संख्या चार पुगेको छ।