काठमाडौं । ६ ओटा कम्पनीको १२ करोड ८३ लाख ९९ हजार २२६ दशमलव ५ कित्ता हकप्रद शेयर पाइपलाइनमा रहेको छ । ती ६ ओटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड ( सेबोन) मा हकप्रद शेयर निष्कासन गर्नको लागि निवेदन दिएका छन् ।
श्रीराम सुगर मिल्स, हाइड्रो ईलेक्ट्रिसीटी, समृद्धि फाइनान्स, बरुण हाइड्रोपावर, नेपाल फाइनान्स र ङादी ग्रुप पावरले हकप्रद शेयर निष्कासन गर्नको लागि निवेदन दिएका हुन् । सबैभन्दा धेरै कित्ता हाइड्रो ईलेक्ट्रिसिटी इनभेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि निवेदन दिएका हुन् ।
दुई ओटा कम्पनीको हकप्रद शेयर आउदै
दुई ओटा कम्पनीको हकप्रद शेयर आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएसँगै हकप्रद विक्रीमा आउने भएको हो ।
अपि पावर कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्कासन गर्नेछन् ।
अपि पावर कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि २०७६ फागुन १२ गते सेबोनको स्वीकृती पाएको थियो । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिट लिमिटेड रहेको छ ।
हाल उक्त कम्पनीको चुक्ता पूँजी रू। १ अर्ब १९ करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाट पश्चात पूँजी रू। १ अर्ब ७५ करोड ७७ लाख पुग्नेछ ।
त्यसैगरी सिभिल लघुवित्तले ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि स्वीकृती पाएको छ । सेबोनबाट हकप्रद शेयर निष्कासन गर्नको लागि विसं २०७६ फागुन १४ गते स्वीकृती पाएको हो । कम्पनीको विक्री प्रबन्धकमा सेञ्चरी क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू। ११ करोड ४१ लाख रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू। २२ करोड ८२ लाख पुग्नेछ ।
आर्थिक अभियानमा खबर छ ।