पोखरा । गण्डकी प्रदेशमा बिहीबार ४२ जनामा कोरोना (कोभिड १९) संक्रमित पुष्टि भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या २८९ पुगेको हो ।
मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगंगा निवासी ५७ वर्षीय पुरुष बाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ । गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको हो ।
निर्देशनालयका अनुसार बिहीबार थपिएका नवलपरासीका १८ जना मध्य मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, ११, २०, १७, ४०, ३० र ३९ वर्ष र एक उमेर नखुलेका पुरुष, गैडाकोट नगरपालिकाका २८ वर्षीय पुरुष, तनहुँको ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७, २१ वर्षीय पुरुष, भानु नगरपालिकाका २२, ४२, ४०, ५२ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै गोरखाको पालुङ्टार नगरपालिकाका ४६, ४५, ४३, २८, २३ र ४१ वर्षीय पुरुष, ४० वर्षीय महिला र शहिद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।