Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लकडाउनमा रोकियो १५ बालविवाह

लकडाउनमा रोकियो १५ बालविवाह

दैनिकी न्यूज

४, आषाढ २०७७
लकडाउनमा रोकियो १५ बालविवाह
images

हेटौंडा । बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ । सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको छ ।

स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनका सम्झना अधिकारीले बताइन्ण् । उनले विगत ६ महिनामा जिल्लाका विभिन्न स्थानका ५० बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताइन् । चेतना, अशिक्षा, गरिबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ । स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ । रासस

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - १६:०३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology