Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज ललितपुर, भक्तपुर सहित विभिन्न जिल्लामा ६७१ कोरोना संक्रमित पुष्टि, दुईको मृत्यू

आज ललितपुर, भक्तपुर सहित विभिन्न जिल्लामा ६७१ कोरोना संक्रमित पुष्टि, दुईको मृत्यू

दैनिकी न्यूज

४, आषाढ २०७७
आज ललितपुर, भक्तपुर सहित विभिन्न जिल्लामा ६७१ कोरोना संक्रमित पुष्टि, दुईको मृत्यू
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा नोभेल कोरोना भाइरसका हालसम्म कै धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७१ संक्रमित थपिएका बताएका छन् । जसमा पुरुष ५९१ र महिला ८० रहेका छन् । योसँगै कोरनाबाट संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यस अघि बुधबार एकैदिन बुधबार ५८६, मंगलबार ३८० संक्रमित थपिएका थिए ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ । आज पिसिआरबाट ५ हजार ७ सय ४६ र आरडिटीबाट ९ हजार १३२ परीक्षण गरिएको छ । संक्रमितको संख्या ७८ सय ४८ पुग्दा ११ सय ८६ जनाले कोरोना जितेका छन्, जसमा पुरुष १ हजार ७२ र ११४ महिला रहेका छन् । आज १९ जना डिस्चार्ज भएका छन् ।

अहिले क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जनालाई राखिएको छ । मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

त्यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा कैलालीका दुई जना रहेका छन् ।
योसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ । यसअघि कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज, पर्सा, बाँकेमा एक÷एक जनाको मृत्यु भएको छ । गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - १६:३४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology