Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना सङ्क्रमण पुष्टि भएपछि होटल सिल

कोरोना सङ्क्रमण पुष्टि भएपछि होटल सिल

दैनिकी न्यूज

४, आषाढ २०७७
कोरोना सङ्क्रमण पुष्टि भएपछि होटल सिल
images

लमजुङ । कोरोना सङ्क्रमित फेला परेपछि लमजुङको एक होटललाई सिल गरिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनले बास बसेको लमजुङस्थित बेँसीशहर नगरपालिका–७ स्थित पुष्पाञ्जली होटल एण्ड रेष्टुरेन्टलाई आज सिल गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

कोरोना सङ्क्रमित ती कर्मचारी गत जेठ २० गते घरबाट छोरासँग बाइकमा उक्त होटलसम्म आएको र छोरा भने फर्किएका थिए । सो होटलमा एक दिन बास बसेर मनाङ गएकामा कोरोना पुष्टि भएपछि यहाँका आसपासका स्थानीयवासी त्रसित भएका छन् । रासस

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - १९:५९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology