Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संविधान संशोधन विधेयक राष्ट्रिपतिले गरिन प्रमाणीकरण

संविधान संशोधन विधेयक राष्ट्रिपतिले गरिन प्रमाणीकरण

दैनिकी न्यूज

४, आषाढ २०७७
संविधान संशोधन विधेयक राष्ट्रिपतिले गरिन प्रमाणीकरण
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍का दुवै सदनबाट बहुमतले पारित गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणीकरण गरेकी छन्।

बिहीबार राष्ट्रपतिले यो विधेयक प्रमाणीकरण गरेकी हुन्। अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयकले पूर्णता पाउने छ भने नेपालको नक्सामा लिम्पयाधुरासहितको भूभाग समेत समावेश भएको निशान छापले ‍संवैधानिक वैधता प्राप्त गर्नेछ।

भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग संविधानमै समेटिको छ। २०३२ सालसम्म नेपालको औपचारिक नक्सामा रहेको लिम्पियाधुरासम्मको भूभाग नेपाल आफैँले नक्सा जारी गर्दा भने छुटाएको थियो।

नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेस गरेको थियो। त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - २०:०९:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology