Logo

आइतवार, श्रावण २४ गते २०८३

images

असार १० गते नेकपा स्थायी समितिको बैठक

असार १० गते नेकपा स्थायी समितिको बैठक

दैनिकी न्यूज

५, आषाढ २०७७
असार १० गते नेकपा स्थायी समितिको बैठक
images

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलपछि असार १० गते स्थायी कमिटी बैठक बस्ने निर्णय गरिएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत अन्य विषयमा छलफल हुने उनले बताए । पार्टीको विधान अनुसार प्रत्येक तीन/तीन महिनामा स्थायी कमिटीको बैठक बस्नुपर्ने प्रावधान छ । गत पुस ६ गते सकिएको स्थायी कमिटीको बैठक वैशाख २५ गते बस्ने तय भए पनि गृहकार्य नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - ०६:०१:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology