Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सरकारले ३० हजार संक्रमितका लागि सामग्री जोहो गर्दै

सरकारले ३० हजार संक्रमितका लागि सामग्री जोहो गर्दै

दैनिकी न्यूज

५, आषाढ २०७७
सरकारले ३० हजार संक्रमितका लागि सामग्री जोहो गर्दै
images

काठमाडौँ । कोभिड–१९ बाट संक्रमित संख्या तीव्र रूपमा बढ्दै जाँदा सरकारले असार मसान्तसम्म ३० हजार संक्रमितलाई चाहिने स्वास्थ्य सामग्री जोहो गरेको छ । सरकारले असार मसान्तभित्र संक्रमित कति पुग्छन् भनेर औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन ।

फागुन मसान्तसम्म नेपालमा एक जना मात्र संक्रमित थिए । संक्रमितको संख्या चैत मसान्तसम्म १२, वैशाख मसान्तसम्म २ सय १९ र जेठ मसान्तसम्म ५ हजार ७ सय ६० पुगेको थियो । असारमा चार दिन बित्दा संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ । संक्रमण अहिलेकै गतिले बढे असार मसान्तसम्म संक्रमितको संख्या ४५ हजारसम्म पुग्ने विज्ञहरूले दाबी गरेका छन् ।

विशेषज्ञहरूका अनुसार पीसीआर परीक्षणको दायरा बढेसँगै मुलुकमा कोरोना संक्रमणको दर तीव्र गतिले बढिरहेको हो । जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसीले भने, ‘मंगलबार संक्रमण दर साढे ७ प्रतिशतभन्दा बढी थियो भने बुधबार बढेर ९।७ प्रतिशत पुग्यो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने ३० हजारभन्दा बढी कोरोना केस पुग्ने अनुमान गरेर सामग्रीको तयारी गरिराखेको जानकारी दिए ।

संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय ८० प्रतिशतभन्दा बढी भारतबाट स्वदेश फर्कने नेपालीमा संक्रमण देखिएको छ । संक्रमण समुदायमा भने प्रवेश गरिनसकेको विज्ञहरूले बताउँदै आएका छन् । कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - ०८:०१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology