काठमाडौं । काठमाडौंको काठमाडौं–१७ नयाँबजार, खुसिबुमा स्थायी बसोबास गर्ने एक ६४ वर्षिय महिलामा आज कोरोना देखिएको छ ।
असार ३ गते उनको टेकु हस्पिटलमा स्वाब संकलन गरेको थियो । आज उक्त परीक्षणको नतिजा पोजिटिभ आएसँगै कोरोना भएको पुष्टि भएको हो । टेकु हस्पिटलले ती महिलालाई पाटन हस्पिटलमा रिफर गरेको छ । उनको स्वास्थ्य अवस्था सामान्य र पाटन हस्पिटलमा उपचार भैरहेको अस्पताल स्रोतले बतायो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छैन ।