Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज काठमाडौंंसहित विभिन्न जिल्लामा ४२६ कोरोना संक्रमण पुष्टि

आज काठमाडौंंसहित विभिन्न जिल्लामा ४२६ कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

५, आषाढ २०७७
आज काठमाडौंंसहित विभिन्न जिल्लामा ४२६ कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा नोभेल कोरोना भाइरसबाट ४२६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पुरुष ३३८ र महिला ८८ रहेका छन् । योसँगै कोरनाबाट संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

आज थपिएका संक्रमितहरुमा गुल्मीका ९४, बैतडीका ६३, कैलालीका ४९, बागलुङका ३२, सिन्धुपाल्चोकका २१, कञ्चनपुरका २०, डोटीका १५, गोरखाका ११, सर्लाहीका ११, झापाका १, मोरङका ३, सप्तरीका ४, अछामका ६, बझाङका ३, बाजुराका ८, डडेलधुराका ९ जना रहेका छन् ।

त्यस्तै धादिङका १, कास्कीका २, काठमाडौंका ३, मकवानपुरका ८, म्याग्दीका १, नवलपरासी पूर्वका ४, तनहुँका १९, पर्वतका ५, उदयपुरका २, सिन्धुलीका १, चितवनका १, बैतडीका ५, स्याङ्जाका ३, कास्कीका ६, अर्घाखाँचीका ६, कपिलवस्तुका ४, नवलपरासी पश्चिमका २ र रुपन्देहीका २ जना रहेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ र आरडीटी विधिबाट २ लाख ४७ हजार ८७४ जनाको नमुना परीक्षण गरिएको छ । संक्रमितको संख्या ८२ सय ७४ पुग्दा १४ सय २ जनाले कोरोना जितेका छन् । आज २१६ जना डिस्चार्ज भएका छन्, जसमा पुरुष २०७ जना र महिला ९ जना रहेका छन् ।

अहिले क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जनालाई राखिएको छ । मन्त्रालयका अनुसार ६ हजार ८ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज, पर्सा, बाँकेमा एक/एक जना, गुल्मी, कैलालीमा दुई/दुई जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - १६:५०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology