काठमाडौं । सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनाललाई नियुक्त गरेको छ ।
गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रेका डा. खनाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु शुक्रबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक गरेका हुन् ।
उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई मनोनयन गर्ने निर्णय गरिएको जानकारी दिए । बैठकले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तथा कार्यकुशलता अभिवृद्धि गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) बाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गरेको छ ।
आर्थिक वर्ष २०७७–७८ का लागि मोटा धानको प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल दुई हजार ८८५ रुपैयाँ न्यूनतम् समर्थन मूल्य तोक्नेलगायतका विभिन्न १५ वटा निर्णयहरु मन्त्रिपरिषद्को सो बैठकले गरेको जनाइएको छ ।
हेर्नुहोस निर्णय

