Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौँ उपत्यकामा जोर विजोर नियममा थप कडाई

काठमाडौँ उपत्यकामा जोर विजोर नियममा थप कडाई

दैनिकी न्यूज

५, आषाढ २०७७
काठमाडौँ उपत्यकामा जोर विजोर नियममा थप कडाई
images

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेको हो ।

महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिईरहेको छ भने अर्कातर्फ जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ ।

शुक्रबार मात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ९ सय ४८ वटा दुई पाङ्ग्रे, २ सय ४७ भाडाका (ट्याक्सी) र १ सय ६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १ हजार ३५८ वटासवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

एसएसपीढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए।

हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पुर्यााएको सहयोग प्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेकसवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि शुक्रबारसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने १२ हजार ५८२ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - १९:२४:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology