Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कर्मचारी प्रशासन सुस्ताउँदा सरकारप्रतिको आक्रोश बढ्दो

कर्मचारी प्रशासन सुस्ताउँदा सरकारप्रतिको आक्रोश बढ्दो

दैनिकी न्यूज

६, आषाढ २०७७
कर्मचारी प्रशासन सुस्ताउँदा सरकारप्रतिको आक्रोश बढ्दो
images

काठमाडौं । सरकार र जनताबीच सेतुको काम गर्ने मुख्य जिम्मेवारीमा रहेको कर्मचारी प्रशासनको काम सुस्त हुँदा सरकारप्रति जनआक्रोश बढ्दै गएको पाइएको छ । कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिलाई समाधान गर्न स्थायी सरकारका रूपमा रहेको प्रशासन संयन्त्रले प्रभावकारी भूमिका खेल्न नसकेपछि राजनीतिक नेतृत्वको काम पनि सशक्त हुन नसकेको हो ।

लकडाउनको समयमा प्रहरी र स्वास्थ्य क्षेत्रका कर्मचारीबाहेक अन्य सबै कर्मचारी सुस्त हुन पुग्दा कोरोना संक्रमण नियन्त्रणका कामहरू प्रभावकारी हुन नसकेको र यसैका कारण सरकारप्रति जनआक्रोश बढेको पूर्वप्रशासक तथा विज्ञहरूले बताएका छन् । प्रशासन विज्ञ तथा प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहालले कर्मचारीलाई कारबाही गर्ने संयन्त्र कमजोर हुँदा कर्मचारी प्रशासनको काम सुस्त देखिएको बताए ।

उनले राजनीतिले अख्तियारवालालाई अनुगमन गर्ने र अख्तियारवालाले मातहतलाई अनुगमन गरी कमजोरी देखिए कारबाही गर्नुपर्नेमा त्यस्तो हुन नसकेको बताए । दुवै संयन्त्र सुस्त हुँदा नागरिकमा जनआक्रोश बढेको दाहालको भनाइ छ । ‘उच्च प्रशासकहरू निष्क्रिय हुँदा आमकर्मचारी ऊर्जाविहीन भएका छन्,’ दाहालले भने ।

यस्तै, पूर्वसचिव कृष्णहरि बाँस्कोटाले महामारी र संकटको बेला कर्मचारीले आफ्नो पहिचान देखाउनुपर्ने महŒवपूर्ण समयमा निष्क्रिय भएर बस्नु कर्मचारीकै लागि घातक भएको बताए । राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - ०८:५३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology