Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एमसीसी अनुमोदन गर्न नहुने भन्दै ललितपुरमा प्रशिक्षण

एमसीसी अनुमोदन गर्न नहुने भन्दै ललितपुरमा प्रशिक्षण

दैनिकी न्यूज

६, आषाढ २०७७
एमसीसी अनुमोदन गर्न नहुने भन्दै ललितपुरमा प्रशिक्षण
images

ललितपुर । ललितपुर । मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गराउने विषयमा नेकपा नेताहरु विभाजित भइरहेका बेला ललितपुर जिल्लामा समेत अनुमोदन गर्न नहुने पक्षमा नेताहरुलाई प्रशिक्षण दिइएको छ ।

शनिबार डिलाइट पार्टी भेन्यूमा गरिएको कार्यक्रममा केन्द्रीय सदस्य प्रेमल खनालले प्रशिक्षण दिँदै एमसीसी नेपालको हितमा नभएकोले अनुमोदनगर्न नहुने बताए ।

‘यसका कतिपय प्रावधान नेपालको सार्वभौमसत्ता विरुद्धका छन्, प्रशिक्षणमा खनालले भनेको उधृत गर्दै सहभागीले भने, अहिलेकै अवस्थामा यसलाई अनुमोदन गरे दीर्घकालिन रुपमा ठूलो समस्या पर्नैछ ।’

नेताहरुले यही अवस्थामा एमसीसी अनुमोदन गरे त्यसले देशमा भयावह समस्या ल्याउने बताउँदै आएका छन् । ‘एमसीसीलाई किन अनुमोदन गर्नुहुँदैन भन्ने बारेमा प्रशिक्षण भइरहेको छ, केन्द्रीय नेताले त्यसबारे जानकारी दिनुभएको छ’, सहभागी एक नेताले भने ।

प्रशिक्षण कार्यक्रममा अधिकांश सहभागीहरु एमसीसी अनुमोदन गर्न नहुनेबारे धारणा राखेका थिए । पार्टी कार्यालय सातदोबाटोमा सहभागी नअट्ने भएपछि महालक्ष्मीस्थानको पार्टी प्यालेसमा प्रशिक्षण दिइएको सहभागी एक नेताले दैनिकीन्युजलाई जानकारी दिए ।

कार्यक्रममा स्थायी समिति सदस्य देव गुरुङलाई बोलाइएको थियो । एमसीसी अमेरिकी आर्थिक समेटिएको एक परियोजना हो । संसदमा विचाराधीन अवस्थामा रहेको एमसीसीलाई अहिलेकै अवस्थामा पारितगर्न नहुनेमा बरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य भीम रावल र गुरुङ लगायतका छन् ।

कार्यक्रम सञ्चालन उमेश बजगाईले गरेका थिए भने स्वागत मन्तव्य नेकपा महांकाल गाउँपालिकाका अध्यक्ष अमृतनाथ तिमल्सिनाले राखेका थिए । त्यस्तै बागमती प्रदेश सदस्य राजकाजी महर्जनले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा राम आचार्य, नानीकाजी शाक्य, महेन्द्र घिमिरे, रमेश बजगाई, गणेश केसीलगायत ४० जना सहभागी भएका छन् । एमसीसीलाई संसदबाट अनुमोदन गराउन नहुने भन्दै पछिल्ला दिन नेकपाभित्र आवाज उठ्न थालेको छ । यह विषयमा निर्णय गर्न नेकपाले असार १० गते स्थायी समितिको बैठक बोलाएको छ ।

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - १६:३२:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology