पोखरा । गण्डकी प्रदेशमा शनिबार मात्रै १०८ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म सङ्क्रमित नदेखिएको मुस्ताङ जिल्लामा समेत एक जना सङ्क्रमित भेटिएका छन् ।
नयाँ सङ्क्रमितसँगै गण्डकी प्रदेशमा कुन सङ्क्रमितको सङ्ख्या ४ ;o ८८ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले शनिबार बिहान ५८ जना र बेलुका ५० जना नयाँ सङ्क्रमित थपिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।