Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपाका नेता, क्याम्पसका प्राध्यापकसहित १० जुवाडे पक्राउ

नेकपाका नेता, क्याम्पसका प्राध्यापकसहित १० जुवाडे पक्राउ

दैनिकी न्यूज

७, आषाढ २०७७
नेकपाका नेता, क्याम्पसका प्राध्यापकसहित १० जुवाडे पक्राउ
images

काठमाडौं । प्रहरीले विदुर नगरपालिका वडा नम्बर २ बाट नगद १ लाख ६ हजार ३५ रुपैयाँ र ३ बुक तास सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको सतान्चुली होटलमा जुवा खेल्दै गरेको अवस्थामा शनिवार २ बजे प्रहरीले नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपा नुवाकोटका नेता एवं गैरसरकारी महासंघको पूर्वअध्यक्ष वर्ष ५१ का पदम उप्रेती, नुवाकोट बट्टार क्याम्पसका प्राध्यापक वर्ष ५१ का ठाकुर पुडासैनी, प्रभु बैंकका शाखा प्रबन्धक वर्ष ३४ का दिपक सिंखडा, होटल सञ्चालक वर्ष २८ का दिल बहादुर तामाङ, वर्ष ३३ का बासु गजुरेल, वर्ष ३४ का भिम खतिवडा, वर्ष ३७ का विष्णु न्यौपाने, वर्ष ३५ का दीपेन्द्र वली, वर्ष ४८ का नारायणकाजी राई र वर्ष ४० का डम्मर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता, डिएसपी राजेश थापाले जानकारी दिए ।

पक्राउ गरेको उनीहरूबारे थप अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोट लाने तयारी भैरहेको डिएसपी थापाले बताए ।

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - ०९:२५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology