काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएकोमा आज ७ सयले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ८९ हजार १ सय ६० मा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ आइतबार प्रतितोला १० रुपियाँले बढेको छ । आइतबार चाँदीको भाउ प्रतितोला ९४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।