Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पहिरो खसेपछि थुनियो अरुण नदी, परिवार विस्थापित

पहिरो खसेपछि थुनियो अरुण नदी, परिवार विस्थापित

दैनिकी न्यूज

७, आषाढ २०७७
पहिरो खसेपछि थुनियो अरुण नदी, परिवार विस्थापित
images

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ ।

स्थानीयवासी हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । घटनाको विस्तृत जानकारी आइसकेको छैन । प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत्गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेँसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ । रासस

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - १५:४३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology