Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चैतयताको शुल्क बुझाउन निजी विद्यालयको आग्रह

चैतयताको शुल्क बुझाउन निजी विद्यालयको आग्रह

दैनिकी न्यूज

७, आषाढ २०७७
चैतयताको शुल्क बुझाउन निजी विद्यालयको आग्रह
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।

निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्तिमार्फत विद्यालय बन्द भए पनि शुल्क बुझाउन भनेका छन् । तीन महिनादेखि शिक्षक कर्मचारीलाई तलब दिन नसकिएको, भाडा बुझाउन समस्या भएको, बैंकको ब्याज तिर्न समस्या भएको, सरकारले कर छुट नदिएकोलगायतका कारण समस्यामा परेकोले शुल्क बुझाउन आग्रह गरिएको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले उज्यालोलाई जानकारी दिए ।

चैतयता एक महिनाको शुल्क छुट दिने तर अरु शुल्क बुझाएर सहयोग गरिदिन अभिभावकलाई आग्रह गरिएको उनले बताए ।

उनीहरुले लकडाउनको बेला पनि इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा सुरु गरेको, रेडियो, टीभीलगायतका सञ्चारमाध्यमबाट पढाएकोले पनि खर्च भएको दाबी गरेका छन् । आम्दानीको एकमात्र बाटो शुल्क नै रहेको र शुल्क उठाउन नपाउँदा निजी विद्यालय सङ्कटमा रहेको प्याब्सन, एनप्याब्सनले जनाएका छन् ।

1.jpg

2.jpg

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - १५:५६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology