काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ६ नमुनाको पीसीआर टेस्ट गर्दा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार आइतबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो, जसमा पुरुष ८ हजार २०६ र महिला ८२० जना रहेका छन् ।
आज थपिएका संक्रमितहरुमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना रहेका छन् ।
त्यसैगरी सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार आइतबार देशभर ९४ हजार ९ सय २८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार २ सय ३१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
हालसम्म पिपिआरबाट १ लाख ७५ हजार १७३ जना र आरडिटी विधिबाट २ लाख ६२ हजार १७४ जनाको परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १८६ पुरुष र ८ महिला छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १७ सय ७२ पुगेको छ, जसमा पुरुष १६ सय २३ जना र महिला १४९ जना रहेका छन् । हालसम्म ७४ जिल्लामा संक्रमण फैलिएको छ ।
कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो। पारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो। ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ। यसअघि २२ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।