Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यी हुन्, ललितपुरमा आइतबार भेटिएका छैटौं संक्रमित

यी हुन्, ललितपुरमा आइतबार भेटिएका छैटौं संक्रमित

रामहरि कार्की

७, आषाढ २०७७
यी हुन्, ललितपुरमा आइतबार भेटिएका छैटौं संक्रमित
images

ललितपुर । आइतबार ललितपुरमा भेटिएकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिला रहेको खुलेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला ललितपुर महानगरपालिकाकी हुन् ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले ४१ वर्षिय संक्रमित ती महिला अफगानिस्तानबाट नेपाल आएको जानकारी दिए । उनले भने, ‘ती महिला युएनको चार्टर विमान हुँदै अफगानिस्तानबाट जेठ ३२ गते नेपाल आएकी हुन्, उनी पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा क्वारेन्टिनमा बसेकी थिइन ।’

केही दिन अघि उनको स्वाव परीक्षण गर्दा आज पिसिआर पोजिटिभ आएको डा.गेलालले बताए । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी हाल शशस्त्र प्रहरीको बलम्भुस्थित कोभिड वाडमा उपचारत छन् ।

योसँगै ललितपुरमा कोरोनाबाट संक्रमितको संख्या ६ पुगेको छ । ती मध्ये १ जनाको मृत्यु भएको र ३ जना उपचारत छन् ।

यो पनि पढ्नुहोस

ललितपुरमा यसरी फैलदैँछ कोरोनाको संक्रमण

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - १७:०४:०६ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology