Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लकडाउनमा बन्द भएका ‘ट्राफिक बत्ती’ बल्न थाले

लकडाउनमा बन्द भएका ‘ट्राफिक बत्ती’ बल्न थाले

दैनिकी न्यूज

७, आषाढ २०७७
लकडाउनमा बन्द भएका ‘ट्राफिक बत्ती’ बल्न थाले
images

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको बन्दाबन्दीमा बन्द रहेका उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर जोरबिजोर प्रणाली लागू गरेर सवारीको चाप बढेसँगै उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नयाँ बानेश्वर, सिंहदरबार, पद्मोदय मोड, सुविधानगर, गैरीगाउँ, नयाँठिमी चोक, कालिमाटी, गौशाला, मित्रपार्क, नारायणगोपाल चोकलगायतका ट्राफिक बत्ती सञ्चालनमा आएको जानकारी दिए । ‘बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेसँगै उपत्यकामा सवारी चाप बढेकाले ‘ट्राफिक बत्ती’ सञ्चालनमा ल्याएका हौँ’ उनले भने ।

महाशाखाले ट्राफिक बत्तीको सञ्चालन गरेसँगै ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कारवाहीसमेत गर्ने भएको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँगको सहकार्यमा विगत नौ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक बत्ती सञ्चालनमा ल्याएको थियो । ट्राफिक बत्ती जडानसँगै ट्राफिक प्रहरीलाई उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत सहज हुँदै आएको छ । रासस

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - २१:३८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology