Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो

सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो

दैनिकी न्यूज

८, आषाढ २०७७
सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो
images

काठमाडौँ । कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड उडानमार्फत आइतबार स्वदेश आइपुगेका हुन् । कतारको दोहा, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतबाट गरेर ७१२ नेपाली नागरिक स्वदेश आइपुगेका हुन् ।
साउदी अरब र कतारबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडान र यूएईबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडानले स्वदेश फिर्ती गरेको हो भने कुवेतबाट कुवेत सरकारले नै व्यवस्था गरेको जजिरा एयरलाइन्समार्फत नेपाली नागरिक स्वदेश आइपुगेका हुन् । कतारबाट १४९, कुवेतबाट १६६, यूएईबाट १५१ र साउदी अरबबाट २४७ जना स्वदेश फर्किएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
आजसम्म विभिन्न देशबाट चार हजार २१७ नेपाली फर्किए, सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन अनुमति दिएपछि चार हजार २१७ जना फर्किसकेका छन् । कोरोना सङ्कट व्यवस्थापन समितिका अनुसार गएको जेठ २३ गतेदेखि असार ७ गतेसम्म विभिन्न १२ देशबाट भएका ३२ उडानमार्फत त्यो सङ्ख्याका नेपाली स्वदेश फर्किएका हुन् । हालसम्म कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) मलेसिया, कतार, मालदिभ्स, दक्षिण कोरिया, बङ्गलादेश, ओमान, थाइल्यान्ड, सिङ्गापुर, जापान, श्रीलङ्काबाट नेपाली फर्किएका छन् । नेपाल सरकाले कोरोनाका कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याउने सूची सार्वजनिक गरिरहेको छ ।
गोरखापत्र दैनिकमा सीता शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - ०६:३८:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology