काठमाडौं । सुनको भाउ सोमबार प्रति तोला ९१ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति तोलामा ४ सय रुपैयाले नेपाली बजारमा सुनको भाउ बढेको जानकारी दिएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । 
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।