Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमित बढेको बढ्यै, सोमबार ५३५ जनामा देखियो

कोरोना संक्रमित बढेको बढ्यै, सोमबार ५३५ जनामा देखियो

दैनिकी न्यूज

८, आषाढ २०७७
कोरोना संक्रमित बढेको बढ्यै, सोमबार ५३५ जनामा देखियो
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ९८ नमुनाको पीसीआर टेस्ट गर्दा ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार मात्र ५३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको हो, जसमा पुरुष ८ हजार ५६७ र महिला ८९४ जना रहेका छन् ।

थपिएका नयाँ संक्रमितहरु मध्ये झापाका ३ , मोरङका १२, सप्तरीका १५ , धनुषाका १० , महोत्तरीका १,अछामका २ ,अर्घाखाँचीका ९, बैतडीका १४ , डडेलधुराका १५, डोटीका ७, गुल्मीका ५६ , जाजरकोटका १ , कैलालीका ५८, नवलपरासीका ५ , सर्लाहीका ४७, सिन्धुपाल्चोकका २, सिरहाका २३, स्याङजाका ३३ , पाल्पाका ९०, प्युठानका ३०, रौतहटका ३४ , रुपन्देहीका १० , चितवनका ५ , नवलपरासी पूर्वका २४ , ओखलढुंगाका १ , तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभर ९० हजार ७ सय ३० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ७ सय ८९ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

हालसम्म पिपिआरबाट १ लाख ८१ हजार ३७१ जना र आरडिटी विधिबाट २ लाख ६८ हजार १०३ जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये ३३८ पुरुष र ३२ महिला छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या २१ सय ४२ पुगेको छ, जसमा पुरुष १९ सय ६१ जना र महिला १६१ जना रहेका छन् ।

हालसम्म रसुवा बाहेक ७६ जिल्लामा संक्रमण फैलिएको छ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - १६:३४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology