Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

दैनिकी न्यूज

९, आषाढ २०७७
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु
images

 काठमाडौं।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० स्थित सडकमा बा.६९ प ७४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय चक्र बहादुर खड्काको सोमबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर, मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडकमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको एनएल ०१ एल २४६० नम्बरको ग्याँस लोड भएको बुलेट गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीय जसमान घिसिङको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-११ जर्गाहास्थित सडकमा लु.३ त ३०९५ नम्बरको ट्याक्टरबाट खसेर बर्दघाट नगरपालिका-२ सुखौरा बस्ने २४ वर्षीया मिना नेपालीको सोमबार साँझ मृत्यु भएको छ ।

खेतमा रोपाई गरी घरतर्फ फिर्ता हुने क्रममा ट्याक्टरबाट अचानक खस्न गई ट्याक्टरको पछाडीको टायरले कुल्चिदा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - १३:२३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology