Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अबदेखी काठमाडौं भित्रिनेहरु १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नैपर्ने !

अबदेखी काठमाडौं भित्रिनेहरु १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नैपर्ने !

दैनिकी न्यूज

९, आषाढ २०७७
अबदेखी काठमाडौं भित्रिनेहरु १४ दिनसम्म होम क्वारेन्टिनमा  बस्नैपर्ने !
images

काठमाडौँ । गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना सङ्क्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।

पीसीआर टेष्टका लागि आउनेहरू बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरूलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।

उक्त पत्राचारपछि गृहले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

1.jpg

images
प्रकाशित मिति :आषाढ ९, २०७७ मंगलवार - २०:२७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology