Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार ह्वात्तै बढ्यो सुनको भाउँ, हालसम्मकै उच्च

बुधबार ह्वात्तै बढ्यो सुनको भाउँ, हालसम्मकै उच्च

दैनिकी न्यूज

१०, आषाढ २०७७
बुधबार ह्वात्तै बढ्यो सुनको भाउँ, हालसम्मकै उच्च
images

काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ५ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रति तोला सुन प्रति तोला ९१ हजार १ सय रुपैयामा कारोबार भैरहेको छ ।तर मंगलबार सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो दुई सातायता लगातार उकालो लागेको सुनको भाउमा हिजो मंगलबार गिरावट आए पनि आज बुधबार फेरि ऐतिहासिक उचाइमा पुगेको हो।

3-10.PNG

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ। त्यसबीच सुनचाँदी व्यवसाय पनि चैत ११ गतेदेखि बन्द रहेकोमा गत जेठ २५ गतेबाट खुलेको थियो। त्यसयता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलोपटक घटेको थियो। 

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १०:५४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology