Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा चार जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

दैनिकी न्यूज

१०, आषाढ २०७७
सवारी दुर्घटनामा चार जनाको मृत्यु
images

 काठमाडौं। बाँके, राप्तीसोनारी गाउँपालिका-१ सिक्टाको जंगलस्थित सडकमा बा.१४ च २७८९ नम्बरको कार मंगलबार दिउँसो अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा कार चालक चितवन भरतपुर महानगरपालिका-१२ बस्ने ४१ वर्षीया कमल राज लम्साल सहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै  सुनसरी, ईटहरी उपमहानगरपालिका-८ खोलाटोलीस्थित सडकमा पूर्वबाट आउँदै गरेको को.३९ प ५५७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ईनरुवा नगरपालिका-७ बस्ने ३५ वर्षीय साइकलयात्री मोहमद नजुन मिँयाको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १४:३८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology