Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा देखिए ६२९ जना संक्रमित

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा देखिए ६२९ जना संक्रमित

दैनिकी न्यूज

१०, आषाढ २०७७
काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा देखिए ६२९ जना संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २८ नमुनाको पीसीआर टेस्ट गर्दा ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार मात्र ६२९ जना (पुरुष ५१९ जना र महिला ११० जना) मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको हो ।

आज थपिएका संक्रमितहरुमा कैलालीका १०३ जना, झापाका ११ जना, सुनसरीका १ जना, मोरङका १, जना, सप्तरीका ६ जना, धनुषाका २० जना, महोत्तरीका १२ जना, सर्लाहीका १ जना, बैतडीका ४ जना, बाजुराका ७ जना, डोटीका ४८ जना, कैलालीका ४८ जना, कञ्चनपुरका ८५ जना, पर्वतका २ जना, रौतहटका ४४ जना, सर्लाहीका २० जना रहेका छन् ।

त्यस्तै धादिङका २ जना, काठमाडौंका १, चितवनका १ जना, तनहुँका १ जना, स्याङ्जाका ७ जना, नवलपूरासी पूर्वका ५ जना, पाल्पाका १५ जना, भक्तपुरका १ जना, अछामका २३ जना, गोरखाका ३ जना, कास्कीका ४ जना, बागलुङका ९ जना, कास्कीका ५ जना, लमजुङका ५ जना, पर्वतका १ जना, गुल्मीका ५ जना, कपिलवस्तुका १ जना, रुपन्देहीका १ जना, बाँकेका ९ जना, बार्दियाका १ जना, दाङका ७६ जना, प्यूठानका १० जना, जाजरकोटका १, सुर्खेतका १४ जना, दैलेखका ४ जना, कालिकोटका १ जना, बाजुराका १ जना र कञ्चनपुरका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभर ७८ हजार ६ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार १ सय ६६ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म पिपिआरबाट १ लाख ९३ हजार १९४ जना र आरडिटी विधिबाट २ लाख ८३ हजार ६९६ जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ११४ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये ११४ पुरुष र ८ महिला छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या २३ सय ३८ पुगेको छ, जसमा पुरुष २१ हजार ४१ जना र महिला १९७ जना रहेका छन् ।

हालसम्म रसुवा बाहेक ७६ जिल्लामा संक्रमण फैलिएको छ । हालसम्म कोरोना कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १६:२८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology