Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम बढ्दै, १२ दिनमा १७ जनाको मृत्यु

मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम बढ्दै, १२ दिनमा १७ जनाको मृत्यु

दैनिकी न्यूज

११, आषाढ २०७७
मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम बढ्दै, १२ दिनमा १७ जनाको मृत्यु
images

काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकभर बाढीपहिरोको जोखिम अत्यधिक बढ्दै गएको विज्ञहरूले औंल्याएका छन् । विगत १० वर्षयताकै राम्रो मनसुन सुरुवात भएकाले स्थानीय तहहरूले विनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडकले विपद् निम्त्याउने भूगर्भविद्हरू बताउँछन् ।

यस वर्षको मनसुन गत १२ जुनमा मुलुकमा भित्रिएपछि एक सातामै मलुकभर सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन विगतको तुलनामा बढी सक्रिय भएकाले यो वर्षको मनसुनलाई राम्रो मनसुनका रूपमा लिन सकिने मौसमविद्ले बताएका छन् ।

यस वर्ष सातै प्रदेशमा मनसुनी वायु सक्रिय हुँदा केही बाढीपहिरोका घटना भएको पाइएको छ । भारी वर्षाको सम्भावना भएकाले पनि प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने महाशाखाले औंल्याएको छ ।

महाशाखाले जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैमा आह्वानसमेत गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुको सुरुवातमा प्राकृतिकसँगै गैरप्राकृतिक विपद्का घटना बढेको जनाएको छ । मनसुन सुरु भएको १२ दिनमा १७ जनाले पहिरोका कारण ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १२ दिनमा ४० स्थानमा पहिरो गएको छ ।

४० पहिरोका कारण ४१ परिवार प्रभावित भएका छन् । गएका १२ दिनको अवधिमा १० पुरुष र ७ महिलाले पहिरोमा परी ज्यान गुमाउनुपरेको प्राधिकरणले जनाएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - ०७:२८:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology