काठमाडौं । महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीको घुमुवा पक्राउ परेका छन् । प्रहरी हवल्दार धिरेन विष्टलाई हुण्डी कारोबार गर्ने व्यक्तिसँग रकम मागेको आरोपमा पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले प्रहरी हवल्दार बिष्ट र विक्रम चन्दलाई पक्राउ गरेको हो ।
विष्ट महानगरीय प्रहरी परिसर काठमाडौँको सादा पोशाकमा खटिने प्रहरी हुन् । एसएसपीले सादा पोशाकमा आफ्ना विश्वासपात्रलाई मात्र खटाउँछन् ।
बिष्टसँगै पक्राउ परेका चन्द प्रहरी प्रधान कार्यालको २ नम्बर गण छन् । बिष्टले चन्दसँग मिलेर न्युरोडका एक व्यापारीबाट १० लाख मागेको खुलेको छ । उनीहरूलाई महाशाखाको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।