काठमाडौं । काठमाडौंमा ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । उच्च प्रहरी स्रोतका अनुसार बिहीबार थपिएका संक्रमितमा श्रीमान/श्रीमती, ५ वर्षे बालकसमेत रहेको खुल्न आएको छ ।
बिहीबार बेलुका थपिएका संक्रमितहरुमा जिल्ला सुनसरी, बराह नगरपलिका वडा नं. १० प्रकाशपुर स्थायी घर भएका ३१ वर्षका पुरुष रहेका छन् । उनी मालदिभ्सबाट असार २ गते आई गौशला स्थित रिजल्ट इन गेष्ट हाउसमा बसेका थिए । उनको राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।
त्यस्तै काठमाडौं महानगरपालिका वडा नं. ४ सुकेधारा बस्ने ५१ वर्षको एक पुरुष र वर्ष ४८ की एक महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरु श्रीमान श्रीमती रहेको खुल्न आएको छ । दुवैजना पाटन हस्पिटलको आइसोलेसन वार्डमा उपचाररत छन् ।
महानगरपालिका वडा नं. ३२ नयाँ बानेश्वर बस्ने वर्ष ४८ की एक महिला र काठमाडौं जिल्ला, संखरापुर नगरपालिका वडा नं. ८ साँखु बस्ने वर्ष ५ को बालकमा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु अहिले पाटन हस्पिटलको कोभिड वाडमा भर्ना भएका र स्वास्थ्य अवस्था सामान्य रहेको पाटन हस्पिटल स्रोतले जानकारी दियो ।
यद्यपी यसबारेमा मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ ।